महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व पुन्हि - १५

मौजुदा सूचीमा दर्ता गर्ने सम्बन्धी सूचना ।

यस आयोगको लागि आ.व. २०७७/७८ मा आवश्यक पर्ने निम्नानुसार समान तथा सेवा उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त दर्तावाल व्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुबाट सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ अनुसार मौजुदा सूची (Standing List) दर्ताको लागि सोही नियमावलीको अनुसूची -२(क) बमोजिमको ढाँचामा यस आयोगमा निवेदन दर्ता गराउनुहुन यो सूचना प्रकाशित गरिएको छ। आफुले दर्ता गर्न चाहेको कार्यको लागि विषयगत छुट्टाछुट्टै निवेदन दर्ता गराउनु पर्नेछ। रीत नपुगी आएका निवेदनलाई मान्यता दिइने छैन। प्राप्त दरखास्तहरु सूचिकृत गर्ने वा नगर्ने अधिकार आयोगमा सुरक्षित रहने छ ।