महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलाथ्व पारु - १

अनुसन्धानात्मक लेख आह्ववान सम्बन्धी सूचना ।

 

 

मितिः २०८२/०८/०३

विषयः अनुसन्धानात्मक लेख आह्ववान सम्बन्धी सूचना

यस आयोगले वि.सं. २०७६ सालदेखि संक्रमणकालीन न्यायका विविध क्षेत्रहरु समेटी सत्यको खोजी नामक जर्नल प्रकाशन गर्दै आइरहेको छ । जर्नल प्रकाशनलाई निरन्तरता दिने क्रममा यस वर्ष पनि सत्यको खोजी वर्ष ८, अंक १ प्रकाशनको लागि विद्वान लेखकहरुबाट अनुसन्धानमूलक लेख आह्ववान गरिएको छ । इच्छुक लेखकहरुले तपसिल बमोजिम हुने गरी लेख उपलब्ध गराइदिनु हुन अनुरोध छ ।

तपसिल

१. लेख संक्रमणकालीन न्याय सम्बन्धी अनुसन्धानमूलक, विश्लेषणात्मक तथा मौलिक हुनु पर्नेछ

२. लेखका साथमा लेखकको पद, ठेगाना, मोवाइल नं. र इमेलसमेत पठाउनु पर्नेछ

३. लेख अंग्रेजी र नेपाली दुबै भाषामा तयार गर्न सकिनेछ । लेख तयार गर्दा नेपालीमा Unicode फन्टमा १२ ̎ साइजमा र अंग्रेजीमा The Times New Roman  को १०.५ ̎ साइजमा टाइप गरी विद्युतीय प्रति (Electronic Copy) इमेल मार्फत् पठाउनु पर्नेछ

४. लेख कम्तिमा ४००० र बढीमा ५००० शब्दमा लेखिएको हुनु पर्नेछ । लेखमा सारांश अनिवार्य हुनुपर्ने र सारांश १५० देखि २५० शब्दसम्मको हुनुपर्नेछ ।

५. कुनै लेख वा प्रकाशनार्थ प्राप्त सामग्री प्रकाशन गर्ने वा नगर्ने तथा त्यस्ता सामग्री सम्पादन गर्ने सिलसिलामा त्यसको कुनै अंश हटाउने तथा भाषा संशोधन गर्ने अधिकार सम्पादक समितिलाई हुनेछ

६. प्रकाशनका लागि प्राप्त लेखहरु आवश्यकतानुसार समकक्षी पुनरावलोकन (Peer Reviewगर्न सकिनेछ।

७. यस आयोगमा प्रकाशनार्थ पठाइएको सामग्री अन्यत्र प्रकाशनको लागि पठाउन पाइने छैन र उक्त सामग्री कुनै प्रकाशनमा प्रकाशित नभएको हुनु पर्नेछ ।

८. लेख मिति २०८२ /१०/०३ गते सम्ममा आयोगको इमेल ciedpnepal@gmail.com वा आयोगमा पठाइसक्नु पर्नेछ।

९. लेखमा Blue Book Rule of Citation को पालना गर्नु पर्नेछ

१०. प्रकाशनका लागि स्वीकृत लेखकहरुलाई नियमानुसार पारिश्रमिक उपलब्ध गराइनेछ

सम्पर्क व्यक्ति

सिता अधिकारी

शाखा अधिकृत

९८४६८१६७१४